हङकङ र लाओससँगको फुटबलका लागि नेपालको प्रारम्भिक टोली घोषणा

विर्तामोड, १५ बैशाख ।
हङकङसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र लाओससँगको एएफसी एशियन कप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ ।
राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक म्याट रसले हङकङ र लाओससँगको खेलका लागि आज ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
नेपालले हङकङसँग जुन ५ मा मैत्रीपूर्ण खेल र एशियन कप छनोटमा जुन २० मा लाओससँग खेल्दैछ । नेपालले ३७ वर्षपछि हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । यसअघि नेपाल र हङकङले सन् १९८८ मा एएफसी एशियन कपमा प्रतिस्पर्धा गरेका थिए । त्यो खेल गोलरहित बराबरीमा सकिएको थियो । यस्तै नेपालले पछिल्लो पटक गएको मार्च २५ मा एशियन कप छनोटमा घरेलु टोली मलेशियासँग खेलेको थियो । त्यो खेलमा नेपाल २–० गोलले पराजित भएको थियो ।
टोलीमा अभिषेक लिम्बु, अमृत श्रेष्ठ, अनन्त तामाङ, अञ्जन विष्ट, अञ्जल श्रेष्ठ, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार (गोलकीपर), दीप कार्की (गोलकीपर), जिलेस्पी जङ्ग कार्की, किरण चेम्जोङ (गोलकिप्पर), कृतिश छुन्जु, कुलदीप कार्की, कुशल देउवा, लेकेन लिम्बु, मनिकुमार लामा, मनिष डाँगी, निरञ्जन धामी, रोहन कार्की, रोहित चन्द, सनिश श्रेष्ठ, सन्तोष खत्री, सृजन राई, सुदीप गुरुङ, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुरज ज्यु ठकुरी, सुवास ठकुरी बम र योगेश गुरुङ रहेका छन् । ००००००
प्रतिकृया दिनुहोस