२ पटकका ग्रान्ड स्लाम विजेता पर्सेललाई डोपिङको आरोपमा १८ महिनाको प्रतिबन्ध

विर्तामोड, १६ वैशाख ।
अस्ट्रेलियाका दुई पटकका ग्रान्ड स्लाम विजेता म्याक्स पर्सेललाई डोपिङको आरोपमा १८ महिनाको प्रतिबन्ध लगाइएको छ ।
सन् २०२४ को डिसेम्बरमा अस्थायी रूपमा निलम्बनमा परेका पर्सेलले सन् २०२३ को डिसेम्बर १६ र २० मा ५०० मिलिमिटरभन्दा बढी भिटामिनको इन्फ्युजन प्राप्त गरेको स्वीकारेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सन् २०२२ मा विम्बल्डन र २०२४ को यूएस ओपनमा प्रमुख उपाधि जितेका २७ वर्षीय पर्सेलले प्रतिबन्धित पदार्थका लागि सकारात्मक परीक्षण भने नगरेका खबरमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय टेनिस इन्टिग्रिटी एजेन्सी (आईटीआईए) का अनुसार विश्व एन्टी–डोपिङ कोड र टीएडीपी अन्तर्गत भिटामिनको सीमा १२ घण्टाको अवधिमा १०० मिलिलिटर हो । अब पर्सेलको प्रतिबन्ध सन् २०२६ को जुन ११ मा समाप्त हुनेछ । ००००००
प्रतिकृया दिनुहोस