झापा जिल्ला सहकारी संघको खुल्ला उपाध्यक्षमा नारायणप्रसाद भट्टराई, सचिवमा भानु दंगाल र सहसचिवमा टसबहादुर प्रधान निर्वाचित

विर्तामोड, १३ बैशाख ।
झापा जिल्ला सहकारी संघको खुल्ला उपाध्यक्षमा मेची सहकारीका अध्यक्ष नारायणप्रसाद भट्टराई निर्वाचित हुनु भएको छ ।
संघको आज भएको निर्वाचनमा भट्टराईले ११९ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका निकटतम् प्रतिष्पर्धी डिल्ली दाहालले १०६ मत प्राप्त गर्नुभयो । यसैगरी सचिवमा भानु दंगाल १५० मत प्राप्त गरी विजयी बन्दा उहाँका प्रतिष्पर्धी युवराज गिरीले ६७ मत प्राप्त गर्नुभयो । सहसचिवमा टसबहादुर प्रधान १७१ मत प्राप्त गरी विजयी बन्दा उहाँका प्रतिष्पर्धी विनोद ढकालले ५९ मत प्राप्त गर्नुभएको झापा जिल्ला सहकारी संघका निर्वाचन अधिकृत विपी भट्टराईले जानकारी दिनुभयो ।
संघको लेखा समिति संयोजकमा चुुडामणि ओझा १६३ मत प्राप्त गरी विजयी बन्दा उहाँका प्रतिष्पर्धी खडानन्द गुरागाईंले ६१ मत प्राप्त गर्नु भएको छ । खुल्ला सदस्यमा काँशीनाथ घिमिरे, प्रेमसागर सापकोटा र नारायण गौतम निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
झापा जिल्ला सहकारी संघको अध्यक्षमा प्रेम कोइराला लगायतका अन्य पदाधिकारी सदस्य भने यसअघि नै सर्वसम्मत भइसक्नु भएको छ । ०००००
 

प्रतिकृया दिनुहोस