बिर्तामोड उद्योग वाणिज्य संघको ‘व्यावसायिक सदस्य राहत कोष’ सवल बन्दै

झापा, १४ वैशाख ।
व्यावसायिक सदस्य राहत कोषका लागि बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष जीवन खड्काले ५१ हजार एक सय ५१ रुपैयाँ प्रदान गर्नु भएको छ ।
आपत विपतमा परेका व्यवसायीलाई सहयोग पु¥याउने उद्देश्यले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको कोषका लागि उद्योग उपाध्यक्ष समेत रहेका खड्काले आफ्नो जन्म दिनको अवसर पारेर उक्त रकम प्रदान गर्नु भएको हो ।
बिर्तामोड उद्योग वाणिज्य संघले एक करोड रुपैयाँ वरावरको ‘व्यावसायिक सदस्य राहत कोष’ स्थापना गरेको छ ।
खड्काले संघका अध्यक्ष राजु न्यौपानेलाई चेक हस्तान्तरण गर्नुभयो । श्रीमती स्वेता वस्नेत खड्कासहित संघको कार्यालय आउनुभएका उहाँले कोषका लागि रकम प्रदान गर्दै आफ्नै कार्यकालमा शुरु गरेको कोषमा एक करोड रुपैयाँ पु¥याउने लक्ष्य लिए पनि अबको दश वर्षमा एक करोड रुपैयाँ खासै ठूलो रकम नहुने हुँदा कोषलाई बढाएर लानु पर्ने आवश्यकता आफूलाई खड्किएको बताउनुभयो । उहाँले कोष वृद्धिका लागि आम व्यवसायीको सहयोग रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व अध्यक्ष गणेश पोखरेलले व्यवसायीको पक्षमा बिर्तामोड उद्योग वाणिज्य संघले काम गर्दै आएको र राहत कोष स्थापना गरेर सह्रानीय काम गरेको धारणा राख्नुभयोे । उहाँले कोषलाई बढाएर १० करोड रुपैयाँ बनाउन सुझाव समेत दिनुभयो ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कोष वृद्धिका लागि सहयोग पु¥याउने खड्कालाई कदरपत्रद्वारा सम्मान समेत गरिएको छ । सो अवसरमा उहाँको सुस्वास्थ्य र दीर्घ जीवनको कामना गरिएको थियो । कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गर्नुभयो । ००००००
प्रतिकृया दिनुहोस