महोत्तरीको मटिहानीमा भीषण आगलागी हुँदा १०० भन्दा बढी घर जले 

विर्तामोड, १२ बैशाख ।

महोत्तरीको मटिहानी नगरपालिका–६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ । गाउँको करिब १ सय घरमा आगो सल्किएको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले जानकारी दिनुभयो । 
‘गाउँका १०० भन्दा बढी घर जलिसकेका छन् । अहिले पनि झन्डै ५० घरमा आगलागी भइरहेको छ,’ मेयर मण्डलले भन्नुभयो, ‘३ घण्टादेखि आगो निभाउने प्रयास गरिरहेका छौं तर सफल भएका छैनौँ ।’
अहिले आगो निभाउनका लागि मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय जनकपुरको वारुणयन्त्रसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारी लगायतले प्रयास गरिरहेको मेयर मण्डलले जानकारी दिनुभयो । ००००००
 

प्रतिकृया दिनुहोस