दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किइरहेकी विद्यार्थीमाथि गोली प्रहार 

विर्तामोड, २१ बैशाख ।

झापाको दमकमा गोली प्रहारबाट एक विद्यार्थी घाइते भएकी छन् । आज दिउँसो साढे १२ बजेतिर सिराहा घर भएका ३० वर्षीय अमितकुमार साहले एक छात्रामाथि गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 
उदयपुर घर भई दमकमा डेरा बसेर पढ्दै गरेकी १८ वर्षीया एनिका अधिकारीलाई गोली प्रहार भएको हो । अधिकारी हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छन् । उनी कक्षा १२ को परीक्षा दिएर डेरा फर्किंदै थिइन् ।
गोली लागेर उनको दाहिने हातमा चोट लागेको प्रहरीको भनाइ छ । दमकस्थित लाइफ लाइन अस्पतालमा उनको उपचार भइरहेको छ । गोली हानेर फरार अभियुक्तको खोजी भइरहेको छ । ००००००
 

प्रतिकृया दिनुहोस