नेपालमा विदेशी हस्तक्षेप बढ्यो : अध्यक्ष लिङ्देन

विर्तामोड, २३ बैशाख ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा विदेशी हस्तक्षेप बढ्दै गएको बताउनुभएको छ । 
आज राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको काठमाडौं जिल्ला भेलामा उहाँले विदेशीहरुको हस्तक्षेप बढेको बताउनुभएको हो । उहाँले विदेशीहरुको दबाब र प्रभावमा प्रधानमन्त्रीले समीकरण परिवर्तन गर्दै हिँडेको आरोप लगाउनुभयो । 
यस्तै, उहाँले वर्तमान सरकारको प्राथमिकता सत्ता मात्रै भएको पनि आरोप लगाउनुभएको छ । 
अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘वर्तमान अवस्थामा कति बेला के हुन्छ, कति बेला सत्ता परिवर्तन हुन्छ, भन्ने कुरा कसैलाई थाहा छैन् । नेपालको सरकार कस्तो हुनुपर्छ ? कुन पार्टी मिलेर लड्नुपर्छ भन्ने कुरा समेत विदेशीले तय गर्न थाले, विदेशीहरुको दबाब प्रभावमा प्रधानमन्त्री समीकरण परिवर्तन गरेर हिड्छन् भने देशको अवस्थाके हुन्छ ? उनीहरुको प्राथमिकतामा सत्ता मात्रै छ । र, सत्ता पनि मिलेर बाँकी रहेको देश लुट्नको लागि र कारबाहीबाट जोगिनका लागि मात्र कामभइरहेको छ । यस्तो प्रवृत्ति कहिलेसम्म देशले धान्न सक्छ । यो अवस्थाबाट देशलाई मुक्त गराउनु पर्छ ।’
राजा आउने वित्तिकै विकास नभए पनि देशमा शान्ति र स्थिायित्व कायम हुने भन्दै त्यसैको जगमा नेपालमा विकास र समृद्धिको अभियान चलाउन सजिलो हुने उहाँको भनाई छ । 
उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आगामी दिनमा बलियो पार्टी बनाउनको लागि महिला सहभागिता आवश्यक भएको भन्दै आफ्नो क्षमता विकासमा ध्यान दिन सबै महिला कार्यकर्तालाई आग्रह गर्नुभयो । ०००००
 

प्रतिकृया दिनुहोस