केन्यामा हेलिकोप्टर दुर्घटना हुँदा सेना प्रमुखसहित १० जना वरिष्ठ कमाण्डरको ज्यान गयो

विर्तामोड, ७ बैशाख ।

केन्यामा हेलिकोप्टर दुर्घटना हुँदा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना वरिष्ठ कमाण्डरको ज्यान गएको छ । 
केन्याका राष्ट्रपति विलियम रुटोले देशको उत्तर–पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा उनीहरूको ज्यान गएको बताउनुभएको कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।
एउटा प्राथमिक विद्यालयबाट उडेको हेलिकप्टर स्थानीय समय अनुसार दिउँसो २ बजेर २० मिनेटमा तल खसेर आगलागी भएको थियो । सेना प्रमुखसहितका कमाण्डरहरू समस्याग्रस्त क्षेत्रका डाकुहरूसँग लड्न तथा चलिरहेको विद्यालय नवीकरण कार्यको निरीक्षण गर्न खटिएका सेनाहरूलाई भेट्न गएका थिए ।
राष्ट्रपति रुटोले केन्यामा आजदेखि तीन दिनका लागि शोक मनाउने घोषणा गर्नुभएको छ । ००००००
 

प्रतिकृया दिनुहोस