दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि ‘ड्रिलिङ’को काम शुरु

विर्तामोड, २३ बैशाख ।

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि ‘ड्रिलिङ’ को काम शुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र चाइना जियोलोजिकल सर्भे प्रोजेक्ट इन्चार्ज डा. याङ्ग पिङ्गले आज उत्खनन स्थलमा नेपाल र चीनको राष्ट्रिय झण्डोत्तोलन गरेर ‘ड्रिलिङ’ कार्य शुभारम्भ गर्नुभएको हो ।
नेपाल सरकार र चीन सरकारबीच सन् २०१६ मा भएको सम्झौताअनुसार अन्वोषणका लागि ‘ड्रिलिङ’ शुरु भएको हो । यसअघि दैलेखका चार वटा ठाउँमा विभिन्न चरणमा गरिएका भौगर्भिक ‘सर्भे’ बाट पेट्रोलियम पदार्थ बढी भण्डारण पाइएको र उत्खननमा सहज हुने निष्कर्षसहित भैरवी गाउँपालिका–१ जलजलेमा ‘ड्रिलिङ’ शुरु गरेको पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेश नापितले बताउनुभयो ।
अन्वेषणका लागि सरकारले जलजलेका २७ घरपरिवारको ४५ रोपनी जग्गा अधिग्रण गरिदिएको छ । ’ड्रिलिङ’ का लागि एक सय ७५ ट्रक सामग्री ‘ड्रिलिङ’ स्थलमा पु¥याइएको छ । अबको दुई महिनामा चार किलोमिटर तलसम्म ‘ड्रिलिङ’ गर्ने लक्ष्य छ ।
प्रारम्भिक अध्ययन अनुसार जलजलेसमा नेपालका लागि झन्डै १० वर्षलाई पुग्ने पेट्रोलियम पदार्थ भएको अनुमान छ । तर, भित्र भएको भण्डारण, निकाल्ने सकिने सम्भावना, गुणस्तर लगायतका बारेमा भने ‘ड्रिलिङ’को प्रतिवेदन पछि मात्रै थाहा हुनेछ । ०००००
 

प्रतिकृया दिनुहोस