झापाको अर्जुनधारामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु
बिर्तामोड, ३ कात्तिक ।
झापाको अर्जुनधारामा मोटरसाइकलको ठक्करबाट सात वर्षीया बालिका जलशा दनुवारको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पलाल चोक नजिकै सोमबार दिउँसो घरअगाडि हिँडिरहेकी स्थानीय जीवन दनुवारकी छोरी जलशालाई मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पु¥याइएकोमा चिकित्सकले दिउँसो साढे चार बजे मृत घोषणा गरेका थिए ।
घटनापछि अनुसन्धानमा खटिएको प्रहरीले दुर्घटनामा संलग्न प्रदेश १–०२–०२० प ६७६ नम्बरको मोटरसाइकल र त्यसका चालकको पहिचान गरेको छ । मोटरसाइकल अर्जुनधारा–८ का २० वर्षीय आनन्द घिमिरेको रहेको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिए पनि फरार रहेका चालकको खोजी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।









प्रतिकृया दिनुहोस