विश्वकप लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै
बिर्तामोड, २ कातिक ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज घरेलु टोली ओमानसँग आफ्नो अन्तिम खेल खेल्दैछ। ओमानको अल अमिरातमा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।
ओमानमा जारी शृङ्खलाको अघिल्लो खेलमा क्यानडासँग २४ रनले पराजित भएपछि नेपालको शीर्ष ६ मा पर्ने सम्भावना कमजोर बनेको छ। नेपालले सुरुवाती दुई खेल जिते पनि क्यानडासँगको हारले एकदिवसीय मान्यता जोगाउने चुनौती थपिएको हो।
हाल ३५ खेलबाट २८ अंक जोडेको नेपाल सातौँ स्थानमा छ । सबै ३६ खेल खेलेको क्यानडा २९ अंकसहित छैटौँ स्थानमा छ भने ओमान ३३ अंकसहित चौथो स्थानमा छ । शीर्ष ६ मा रहन नेपालले आजको खेल जित्नुपर्नेछ ।
नेपाल यसअघि नै शीर्ष चारमा पर्न असफल भइसकेको छ । त्यसैले सन् २०२७ को एकदिवसीय विश्वकप छनोटमा सिधै पुग्ने अवसर गुमाएको नेपालले अब छनोटमा स्थान बनाउन प्लेअफ खेल्नुपर्नेछ ।












प्रतिकृया दिनुहोस