आफ्नो कर्तब्य पालना गरेर अधिकार रक्षाका लागि सचेत हुन मजदुरलाई कांग्रेस नेता बस्नेतको आह्वान 

बिर्तामोड, १८ बैशाख ।
राष्ट्रियसभाका सदस्य एवं नेपाली कांग्रेसका नेता गोपालकुमार बस्नेतले आफ्नो कर्तब्य पालना गरेर अधिकार रक्षाका लागि सचेत हुन मजदुरलाई आह्वान गर्नुभएको छ । 
नेपाल टे«ड युनियन कांग्रेस झापाले १३६ औं श्रमिक दिवसको अवसर पारेर आयोजना गरिएको श्रमिक सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै यस्तो आह्वान गर्नुभएको हो । 
विपीले गरिब किसान र मजदुरको फोटो हेरेर देशको योजना बनाउन आग्रह गर्नुभएको प्रसंग सम्झदै नेता बस्नेतले मजदुरको भलाईका लागि काम गर्न राजनीतिक दल, पेसागत संगठन र सरकारलाई आग्रह गर्नुभयो । 
कार्यक्रममा बोल्दै नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामांगले ऐन नियमको पालना, सामाजिक सुुरक्षा र पेशागत हकहितका लागि मजदुर एकता जरुरी रहेको बताउनुुभयो । 
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले विपीको मार्गदर्शन अनुुसार मजदुरको उन्नति, प्रगति र अधिकार रक्षाका लागि काम गर्नुपर्ने बताउँदै शिक्षा, स्वास्थ्यमा लोककल्याणकारी नीति अपनाउनुपर्छ भन्ने पार्टीको स्पष्ट नीति रहेको उल्लेख गर्नुभयो । 
कार्यक्रममा टेड युनियन कांग्रेसका केन्द्रीय सदस्य उर्मिला ढकाल पोखरेल, कोशी प्रदेश उपाध्यक्ष गंगाप्रसाद ओडारी, नेपाली कांग्रेस विर्तामोड २ का वडा सभापति देवीप्रसाद खरेल, दीपक काफ्ले लगायतले शुुभकामना राख्नुुभएको थियो ।
नेपाल टेड युनियन कांग्रेस झापाका सभापति यज्ञप्रताप अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष राजकुमारी शेर्पा राई र सञ्चालन सचिव जीवन खड्काले गर्नुभएको थियो ।   ०००००००


 

प्रतिकृया दिनुहोस