एन्फाले ‘अन्तर कलेज फुटसल च्याम्पियनसिप’ आयोजना गर्ने 

विर्तामोड, १३ बैशाख ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले वैशाख २२ देखि जेठ ५ गतेसम्म ‘अन्तर कलेज फुटसल च्याम्पियनसिप’ आयोजना गर्ने भएको छ । 
प्रतियोगिताका सबै खेल लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको कभर्डहलमा हुने एन्फा प्रवक्ता सुरेश शाहले बताउनुभयो । 
प्रतियोगितामा शिल्ड, प्रमाणपत्रसँगै विजेतालाई नगद पाँच लाख र उपविजेता टिमलाई नगद तीन लाख रुपैयाँ पुरस्कार छ । सबैभन्दा मूल्यवान् खेलाडीलाई नगद ५० हजार, उत्कृष्ट गोलकिपर र उच्चतम स्कोररलाई समान २५/२५ हजार रुपैयाँ छ ।
प्रतियोगितामा ११ र १२ कक्षासँगै स्नातकतहमा अध्ययनरत विद्यार्थी सम्मिलित कुल १६ वटा कलेजले सहभागिता जनाएका छन् । सहभागी टिमहरुलाई चार समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलहरु खेलाइने जनाइएको छ ।
प्रतियोगिताको अनुमानित कुल बजेट ३० लाख रुपैयाँ रहेको छ । ०००००
 

प्रतिकृया दिनुहोस