धनुषामा आपराधिक लाभ र बाल यौन दुरुपयोगको आरोपमा चार जना पक्राउ
बिर्तामोड, ७ कार्तिक ।
धनुषा प्रहरीले आपराधिक लाभ तथा बाल यौन दुरुपयोगसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका–२० बाट चार जना युवायुवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको हो ।
प्रहरीका अनुसार एक व्यक्तिलाई चक्कु देखाएर धम्की दिँदै ब्ल्याकमेल गरेको सूचना प्राप्त भएपछि घटनाबारे अनुसन्धान सुरु गरिएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा पीडितलाई डर, त्रास र धम्की दिई सामाजिक सञ्जालमा सामग्री सार्वजनिक गरिदिने भन्दै रकम माग गरिएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आरोपितहरूले मोबाइल बैंकिङमार्फत ६ हजार रुपैयाँसमेत ट्रान्सफर गर्न लगाएका थिए ।
त्यस्तै, एक बालिकाको संवेदनशील अङ्गमा गलत मनसायले छोएको आरोपसमेत पक्राउ परेकाहरूमाथि लागेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र पक्राउ परेका व्यक्तिहरूमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।











प्रतिकृया दिनुहोस