झापामा सामाजिक मर्यादा कायम गर्न डिजे सञ्चालकहरुलाई आग्रह
बिर्तामोड, ७ कार्तिक ।
जिल्ला प्रशासन कार्यालय झापाले समाजलाई नै असर पुर्याउने गरी चर्को स्वरमा डिजे नबजाउन आग्रह गरेको छ । प्रशासनले मूर्ति बिसर्जन तथा अन्य धार्मिक, सांस्कृतिक अनुष्ठान सञ्चालन गर्दा अन्य धर्म, सम्प्रदायको आस्था र धार्मिक सांस्कृतिक भावनाको सम्मान गर्न आग्रह गरेको हो । प्रशासनले सामाजिक सद्भावलाई केन्द्रमा राखेर सन्तुलित, सामाजिक भावना अनुकूल तथा मर्यादित ढङ्गबाट मात्र डिजे बजाउन आग्रह गरेको छ । समाजिक मर्यादा कायम नगर्ने डिजे कम्पनीहरुलाई कारबाहीको दायरामा ल्याइने भन्दै झापा प्रशासनले सूचना जारी गरेको छ ।











प्रतिकृया दिनुहोस