विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट
खोटाङ, ५ कातिक ।
विद्युत् चुहावट हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई घर जलेर नष्ट भएको छ ।
बुधबार करिब ९ बजे मङ्गलटारका स्थानीयवासी कृष्णकुमार राईको घरमा जडान गरिएको विद्युत् चुहावट हुँदा उहाँका दुई वटा घर जलेर नष्ट भएको हो ।
वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अधिराज्यमा रहनुभएका कृष्णकुमारका श्रीमती तारा र कान्छा छोरा मात्र बस्दै आएको उक्त घरमा आगलागी भएको स्थानीयले बताएका छन् । जस्तापाताको छाना तथा ढुङ्गा÷माटोले बनेको दुईतले घरमा विद्युतको चुहावट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
जनप्रतिनिधि, स्थानीयवासी र प्रहरी टोलीले आगलागी नियन्त्रणमा लिएको जेठा छोरा रम्बोहाङ राईले जानकारी दिनुभयो । आगलागीबाट कृष्णकुमारको दुईवटा घर तथा घरभित्र रहेको नगद २० हजार रुपैयाँ, लत्ताकपडा, भाँडावर्तन, खाद्यन्न, महत्वपूर्ण कागजात लगायत जलेर नष्ट भएको जनाइएको छ । ०००००











प्रतिकृया दिनुहोस