चाडपर्वमा तासको माग बढ्दो, दुई महिनामै सवा पाँच करोडको आयात

बिर्तामोड, २ कातिक । 
नेपालमा दसैं, तिहारलगायत चाडपर्वका बेला तासको माग बढ्ने गरेको छ। चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै नेपालले पाँच करोड १८ लाख रुपैयाँ बराबरको तास आयात गरेको भन्सार विभागले जनाएको छ। यस अवधिमा १९ लाख ९२ हजारभन्दा बढी थान तास आयात हुँदा तीन करोड ११ लाख रुपैयाँ राजस्व संकलन भएको छ।
नेपालमा सबैभन्दा धेरै तास चीनबाट आयात हुने गरेको छ। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा चीनबाट चार करोड ६७ लाख ८० हजार र भारतबाट ५० लाख ५५ हजार रुपैयाँ बराबरको तास आयात भएको छ।
गत आर्थिक वर्ष २०८२र८३ मा नेपालले ४२ करोड रुपैयाँभन्दा बढीको तास आयात गरेको थियो। त्यसमध्ये चीनबाट मात्रै ३८ करोड ७२ लाख रुपैयाँभन्दा बढीको तास भित्रिएको थियो।
यसअघि आर्थिक वर्ष २०८१र८२ मा ३१ करोड ३७ लाख रुपैयाँ बराबरको तास आयात भएको थियो।
चाडपर्वमा मनोरञ्जनका लागि खेलिने तास जुवाका रूपमा प्रयोग हुँदा ठूलो रकमको हारजित हुने गरेको छ। सरकारले जुवातासमा प्रतिबन्ध लगाए पनि चाडपर्व नजिकिँदै जाँदा जुवातास खेलेको आरोपमा पक्राउ पर्ने घटना बढ्ने गरेका छन्।

प्रतिकृया दिनुहोस