यस वर्ष दुई दिन महाअष्टमी, दुवै दिन अष्टमीका कर्म गर्नुपर्ने

बिर्तामोड, २ कातिक । 
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष तिथि वृद्धि भई दुई दिन महाअष्टमी परेकाले दुवै दिन अष्टमीका धार्मिक कर्म गर्नुपर्ने जनाएको छ ।
समितिले स्वीकृति दिएको पात्रोअनुसार कात्तिक १ र २ गते महाअष्टमी परेको छ । समितिका पूर्वसदस्य एवं वाल्मिकी विद्यापीठका धर्मशास्त्र विभाग प्रमुख प्राध्यापक डाक्टर देवमणि भट्टराईका अनुसार कात्तिक १ गते गरिएका महाअष्टमीका पूजा तथा अन्य कर्म कात्तिक २ गते पनि दोहो¥याउनुपर्नेछ । दोस्रो दिन नवरात्रको नवौँ दिन भए पनि महागौरीको पूजा र अष्टमीका अन्य कर्म गर्नुपर्ने उहाँले बताउनुभयो ।
अष्टमी दुई दिन परेकाले यस वर्ष नवरात्र दशरात्र बनेको छ । विजयादशमीका दिन दस रात्रिका जमरा लगाइनेछ । अष्टमीको राति गरिने कालरात्रि पूजा भने हनुमानढोकामा कात्तिक २ गते सोमबार राति गरिने भएको छ ।
हनुमानढोका दरबार हेरचाह अड्डाका अनुसार महाअष्टमीको मूल पूजा सोमबार गरिनेछ । त्यसक्रममा १०८ पशु बलिसहित पूजा तथा आराधना गर्ने परम्परा छ । 

प्रतिकृया दिनुहोस