यमलको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको ५–२ गोलको जित
बिर्तामोड, १ कात्तिक ।
लामिन यमलको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले स्पेनिस ला लिगामा रियल बेटिसलाई ५–२ गोलले पराजित गरेको छ। शनिबार राति भएको जितसँगै बार्सिलोनाले यस सिजन आफ्नो अपराजित यात्रा कायम राखेको छ ।
खेलको १०औँ मिनेटमा यमलले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाउनुभयो । उहाँकै पासमा गाब्रिएल जिससले गोल गर्नुभयो । बार्सिलोनाका लागि रोड्री, एरिक गार्सिया र दानी ओल्मोले पनि गोल गर्नुभयो ।
बेटिसका भ्यालेन्टिन गोमेज र अब्दे एजालजुलीले एक–एक गोल फर्काउनुभयो । खेलका क्रममा विपक्षी खेलाडीसँगको विवादपछि बर्नालले रातो कार्ड तथा यमलले पहेँलो कार्ड पाउनुभयो ।
बार्सिलोनाले यस सिजन खेलेका सबै ११ खेल जितेको छ, जसमा ला लिगाका नौ खेल समावेश छन् । अब बार्सिलोनाले मंगलबार च्याम्पियन्स लिगमा साविक विजेता पेरिस सेन्ट जर्मेनसँग उसकै मैदानमा प्रतिस्पर्धा गर्नेछ ।












प्रतिकृया दिनुहोस