भारतको कोलकातामा दुर्गा पूजाका क्रममा भागदौड हुँदा १९ जनाको मृत्यु
बिर्तामोड, १ कात्तिक ।
भारतको कोलकातामा दुर्गा पूजा पण्डालको एक भाग भत्किएपछि मच्चिएको भागदौडमा परी १९ जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन् । उत्तरी कोलकातास्थित चोरबागान सार्वजनिक दुर्गा पूजा पण्डालमा सप्तमीको साँझ भारी वर्षाका बीच ठूलो सङ्ख्यामा भक्तजन जम्मा भएका बेला दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भीडको चाप बढेपछि पण्डालको एक भाग भत्किँदा भागदौड मच्चिएको बताइएको छ ।
घटनामा घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । दुर्घटनापछि घटनास्थलमा उद्धार तथा राहत कार्य सञ्चालन गरिएको जनाइएको छ ।
घटनाबारे पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दुले अनुसन्धान गर्न आदेश दिनुभएको छ । पण्डाल भत्किनुको कारण र व्यवस्थापनमा सम्भावित कमजोरीबारे अनुसन्धान भइरहेको जनाइएको छ ।












प्रतिकृया दिनुहोस