कोशीका मुख्यमन्त्रीसँग बहुमत नरहेको पत्र सरकार र प्रदेश प्रमुख कार्यालयमा पुग्यो
जवाफ फर्काउने मुख्यमन्त्रीको तयारी
विर्तामोड, १३ बैशाख । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको जानकारीसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ । ७ वैशाखमा कोशी प्रदेशसभा बैठकले मुख्यमन्त्री कार्कीलाई प्रदेशसभामा विश्वासको मत लिन निर्देशन दिने संकल्प प्रस्ताव पारित गरेको थियो । उक्त संकल्प प्रस्ताव पारित भएको जानकारी प्रदेशसभा सचिवालयले प्रदेश प्रमुखको कार्यालयमा पठाएको छ