गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा

विर्तामोड, २३ बैशाख ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउनुभएको छ । आज बसेको प्रदेश सभा बैठकमा प्रदेशका सभामुख कृष्णप्रसाद धितालले ३० जना सांसदको समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गर्नुभएको हो ।
६० सदस्यीय रहेको प्रदेश सभा आज ५७ जना सांसद उपस्थित थिए । मुख्यमन्त्रीको पक्षमा ३० जना सांसदले मतदान गरेका छन् । बहुमतका लागि ३१ जना सांसद हुनुपर्ने भए पनि सभामुख धितालले सर्वाेच्चको अदालतको आदेशअनुसार भन्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गर्नुभएको हो ।
मुख्यमन्त्री अधिकारीले विश्वासको मतको विपक्षमा २७ मत परेको छ भने दुई जना सांसद तटस्थ बसेका छन् । तर, कांग्रेसले भने सभामुखले संविधान विपरीत काम गरेको भन्दै नाराबाजी गरेको छ । ०००००
 

प्रतिकृया दिनुहोस