उपेन्द्र यादवले सत्ता गठबन्धन ढाल्न खोजेपछि हामीले नयाँ पार्टी बनायौं : मन्त्री साह

विर्तामोड, २३ बैशाख ।

संघीय वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सत्ता गठबन्धन नै ढाल्ने कोसिस गरेपछि आफूहरुले नयाँ पार्टी नै गठन गरेको बताउनु भएको छ । 
आज निर्वाचन आयोगमा दल दर्ताका लागि पुग्नुभएका बहालवाला मन्त्री साहले सरकारको स्थायित्वका लागि आफूहरुले यस्तो कदम चालेको बताउनुभयो ।
‘अध्यक्ष यो सरकारको स्थायित्वको पक्षमा हुनुहुन्न । यसको विपरीतमा हुनुहुन्छ’, मन्त्री साहले भन्नुभयो, ‘त्यसैले सरकारको स्थायित्वका लागि हामीले यस्तो गरेका हौं, म आफैं मन्त्री छु, सरकारलाई दिएको समर्थन जारी रहन्छ ।’ ००००००
 

प्रतिकृया दिनुहोस